०८२/१२/२ झापा,kv news/पौडेल खड्का कुल बंश संरक्षण प्रतिष्ठानको केन्द्रिय कार्यालय दमक झापामा भव्य कार्यक्रम सहित उद्घाटन सम्पन्न भयो।
विभिन्न क्षेत्रमा छरिएर रहेका पौडेल खड्का दाजुभाइहरुको साझा सस्थाको रुपमा स्थापना गरिएको पौडेल खड्का बन्धुहरुको छाता सस्थाको रुपमा कुल बंशको संरक्षण सम्बर्द्धन गर्ने हेतुका साथमा राजकुमार खड्गाको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समितिको गठन भइ जिल्ला प्रशासन कार्यालय झापामा प्रचलित कानुन बमोजिम दर्ता सम्पन्न गरि कार्यालयको स्थापना गरिएको हो।
तदर्थ समितिको उपाध्यक्ष सीता खड्का ,सचीव सुर्य खड्का कोषाध्यक्ष अन्जु खड्का सदस्यहरुमा इन्दिरा खड्का ,बिरेन्द्र खड्का ,लक्ष्मी खड्का गीता खड्का कल्पना खड्का रहनु भएको छ।
कुल पुजारीहरुको नामावली समेत सार्वजनिक गरिएको छ। बिरेन्द्र खड्का,दीर्घ खड्का ,नरेन्द्र खड्का चन्द्रबहादुर खड्का र सहयोगीमा बिर्खराम खड्का हुनुभएको छ।
बेदमाया खड्का पदम कुमार खड्का योगेन्द्र खड्का समेत रहेको सल्लाहकार समिति समेत चयन भएको तदर्थ समितिका सचीव सुर्य बहादुर खड्काले जानकारी गराउनु भयो।
५ चैत २०८२, बिहिबार ०२:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
kavyagharnews.com