info@kavyagharnews.com

सुमाया राईकृत जिन्दगी फुल सम्झे फुलै हो लोकार्पण

झापा ०८२/ काव्य घर - लेखक डा.सुमाया राईकृत जिन्दगी फुल सम्झे फुलै हो जीवन यात्रा लोकार्पण कार्यक्रम बिद्या शिल्प एकेडेमीको सभाहल दमक झापामा सम्पन्न भयो।

प्रतिभा निकेतन र साहित्य कला संगमको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्राध्यापक  अन्जना वस्ति भट्टराईले लोकार्पण गर्नु भएको कृतिको समिक्षात्मक टिप्पणी साहित्यकार प्राध्यापक ब्यन्जना शर्मा र अर्का साहित्यकार तथा प्राध्यापक बिरेन्द्र थोक्लिहाङ्गले गर्नु भएको थियो। 

कार्यक्रममा कृति एउटा जिवनी हो यो सफल कृति हो र लेखकको आफ्नो भोगाइलाई यहाँ उतारेर सबैलाई प्रस्तुत गर्नु भएको छ।हामी सबैको प्रिय छ यो कृति भन्दै डा अन्जना वस्तिले प्रमुख अतिथिको भुमिकाबाट बताउनुभयो ।प्राडा गोविन्दराज भट्टराईको अगुवाईमा भएको यो कार्यक्रममा लेखकको भौतिक उपस्तिथि नरहेपनी उहाँ हाल बेलायतमा रहेको र उतैबाट प्रबिधिको माध्यमबाट आयोजक र सहभागीहरुलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।

तीन दर्जन जति कवि लेखक सर्जकहरुको उपस्थितिमा भएको कार्यक्रमको पर्यवेक्षणको भुमिकामा साहित्यकारद्वय खेमलाल पोख्रेल र हेम अधिकारीले संयुक्त रूपमा गर्नु भएको थियो । बिन्दु दहालको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण खगेन्द्रप्रसाद भट्टराईले गर्नु भएको थियो ।


प्रतिक्रिया