info@kavyagharnews.com

साहित्य कला सङ्गमको स्रष्टा भेटघाट कार्यक्रम

साहित्य कला सङ्गमको  स्रष्टा भेटघाट कार्यक्रम 
दमक,चैत्र ७ गते शनिवार
साहित्य कला सङ्गम दमकले साहित्यिक व्यक्तित्वहरु सग स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कोसी साहित्य कला परिषद नेपालका साहित्यक व्यक्तित्वहरु सग साहित्यकला सङ्गम दमकका स्रष्टाहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कोसी साहित्य कला परिषदका स्रष्टाहरु अध्यक्ष केशु बिरहि,उपाध्यक्ष  विष्णु भण्डारी आचार्य,  सचिव नवराज नवशिला ,कोषाध्यक्ष  चिरञ्जिवि काफ्ले , सदस्य   मनोज कार्की, सल्लाहाकार सदस्यहरु डा. भिम खतिवडा र डा.छवि बैरागी घिमिरे , साहित्य बिभाग सदस्य शारदा दहाललाई साहित्य कला सङ्गमबाट स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक ,पुर्व अध्यक्ष तथा सल्लाहाकार सदस्य नरपति पाण्डे ,उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोले, महासचिव ओमप्रसाद खनाल ,सचिव बिरेन्द्र खड्का, सदस्यहरु बिबेक दुलाल क्षेत्री , किशोर खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोसी साहित्य कला परिषदका अध्यक्ष केशु बिरहीले साहित्यिक भेटघाटलाई बडाउदै लैजाने र आगामी दिनमा कोसी साहित्य कला परिषद र साहित्य कला सङ्गमको सम्बन्ध लाई अझ कसिलो बनाउने कुरा बताउनु भयो ।
साहित्यिक भेटघाट कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया