info@kavyagharnews.com

कवि टंक आचार्यको नया कृति तथास्तु: अवशेष -सार्वजनिक

चैत ८ झापा / दमक झापाका कवि टंक आचार्यको नया कृति तथास्तु अबशेस   नामक संग्रह बिद्याशिल्प  स्कुलको सभाहलमा सार्वजनिक गरिएको छ।साहित्यकार समालोचक प्रा.डा गोविन्दराज भट्टराईको नेतृत्वमा भएको कार्यक्रममा साहित्यकार रोचक घिमिरेले उक्त कृति सार्वजनिक गर्नु भएको हो।कृति सार्वजनिक गर्दै घिमिरेले यश किसिमको कृतिले एउटा इतिहास समेट्न सकेको तर्क अघि सार्दै आफुले पनि धेरैलाई साहित्यकार बनाउन रचना पत्रिकामार्फत भुमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा कवि शिव प्रणत र डा.ब्यन्जना शर्माले कृति भित्रको समिक्षात्मक टिप्पणी राख्नु भएको थियो ।

कार्यक्रममा झापा मोरङ पाँचथर देखि काठमाडौ सम्मका स्रष्टाहरुको उपस्तिथि रहेको थियो ।

  तथास्तु : अवशेष समासामयिक लेख संग्रह ३७६ पृष्ठ रहेको यश कृतिमा नेपाली अङ्ग्रेजी शिर्षक राखेर  समेटिएको कृतिलाई सेर्गेम प्रकाशनले बजारमा ल्याएको हो।कवि टंक आचार्यका यस अघि फेरि एउटा अर्को कुरुक्षेत्र कविता संग्रह २०६१ समेत प्रकाशित भैसकेको छ ।

प्रतिक्रिया